बारा २ मा उपेन्द्र यादव पाँच हजार भन्दा बढी मतान्तरले बिजयी


eShilalekh

१३ बैशाख २०८०, बुधबार ०२:०२

कलैया: बारा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्  । यादव  पाँच हजार ८१ मतको मतान्तरले निर्वाचित भएका हुन् ।

यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् ।

यसैगरी एमालेका पुरुषोत्तम पौडेल १० हजार दुई सय १६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहदा रास्वपाका रमेश खरेलले दुई हजार आठ सय २९ मत पाएका छन् । पाँचौ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गरेक छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले राती १.४५ बजे प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री सरोज यादव, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्