‘तितो जिन्दगी’


eShilalekh

१४ बैशाख २०८०, बिहीबार १८:३५

उदाङ्गो भइदियो यथार्थ
अनि
हरण भइदियो जीवन र
जिन्दगीका रंगीन पानाहरु,
कथित नै सहि कोर्दै थिए
आज र म बीचको हर्षका हरफहरु ।

सायद अपुरो र अधुरो अध्यायको
दोभान होला यो जिन्दगी,
अनि
जीवनको रंगमञ्चले पनि धिक्कारेको
लघुकथा होला यो जिन्दगी
त्यसैले समापन र अन्त्यको शिलालेख
लेख्न काम्दैछन् हातका औंलाहरु
अनि रसाउँदैछन् आँखाहरु ।।

रचनाकार जीतपुरसिमरा २ निवासी प्रकाश ढुंगाना हुनुहुन्छ ।

तपाई पनि आफ्नो साहित्यिक रचना, लेख, कथा, कविता प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो इमेल [email protected] मा पठाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्