लागुऔषध खैरो हिरोइनसहित अमलेखंजबाट भारतीय नागरिक पक्राउ


eShilalekh

१४ बैशाख २०८०, बिहीबार १९:३०

सिमराः अवैध लागुऔषध खैरो हिरोइनसहित प्रहरीले अमलेखगंजबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुर खजुरीका ६० वर्षीय सन्तोषकुमार त्रिपाठी रहेका छन् ।

वीरगन्जबाट हेटौडातर्फ जादै गरेको ना१ज २०८६ नम्बरको सुमो रोकेर चेकजाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय अमलेखगंजको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो । खुट्टामा बाधेर दुई सय ग्राम लागुऔषध लुकाएर लैजादै गरेको अवस्थामा त्रिपाठीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका त्रिपाठीलाई लागुऔषध सम्बन्धि कसुरमा कारवाही प्रक्रिया अगाडी बढाइएको बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्