महावीर पुनको आन्दोलनलाई समर्थन जनाउँदै पथलैया र सिमरामा युवाको प्रदर्शन


eShilalekh

१६ बैशाख २०८०, शनिबार २१:१२

सिमरा: राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै पथलैया र सिमराका युवाले शनिवार प्रदर्शन गरेका छन् ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघरको सडकमा धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाले प्रदर्शन गरेका हुन् ।

स्थानीय युवाले पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै पुनले उठाएका मागलाई सम्बोधन गर्न माग गरेका छन् ।  पथलैयाको मुख्य चोकमा गरिएको प्रदर्शनमा करिब ५० जना स्थानीयको सहभागिता रहेको थियो ।

सिमरामा युवाले प्रदर्शनलाई निरन्तरता दिने भएका छन् । उनिहरुले दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्