जिफन्टले सिमरामा मनायो मे दिवस


eShilalekh

१९ बैशाख २०८०, मंगलवार १६:२९

सिमराः नेपाल ट्रेड युनियन महासंघ जिफन्ट मधेस प्रदेशको आयोजनामा सिमरामा १३४औं मे दिवस मनाइएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले मुलुक समृद्ध बन्न स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने र उत्पादन बढे मात्रै रोजगारी अवसर सिर्जना हुने बताए । पूर्वमन्त्री पौडेलले वर्तमान सरकार मजदुर बिरोधी भएको आरोप लगाउदै नेकपा एमालेले मात्रै मजदुर किसानको पक्षमा काम गर्ने दावी गरे ।

जिफन्ट मधेस प्रदेश कमिटिका अध्यक्ष कमलेस झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिफन्ट केन्द्रीय उपाध्यक्ष एवम् मधेस प्रदेशसभा सदस्य मन्जु थापा, एमाले प्रदेश सचिवालय सदस्य सुन्दर विक, एमाले प्रदेश कमिटी सदस्य एवम् मधेस प्रदेश सदस्य देवनारायण चौधरी, एमाले मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेल, सीता गुरुङ, समग्र ट्रेड युनियन महासंघका अध्यक्ष आनन्द थामी, केन्द्रीय सदस्य गिता भण्डारी ,सौन्दर्यकर्मी संघकी सुमित्रा सापकोटालगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण मुक्ती चौधरी गरेका थिए भने ।

प्रतिक्रिया दिनुहोस्