भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा बाराका दुई जनाको मृत्यु


eShilalekh

२१ बैशाख २०८०, बिहीबार १०:०५

सिमराः मकवानपुरको भिमफेदीमा बुधवार साँझ मोटरसाइकल दुर्घटना हुँदा बारा प्रसौनीका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रसौनी गाँउपालिका ५ का २५ वर्षीय लालबाबु सहनी र २० वर्षीय रविन्द्र मण्डल रहेका छन् ।

काठमाण्डौबाट हेटौडातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२-०२० प ४२३७ नम्बरको मोटरसाइकल भिमफेदी गाँउपालिका ६ जुरिखेतस्थित सडकबाट करिब दुई सय फिट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी सहनीको अस्पतालमा र मण्डलको घटनास्थलमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनाको सूचना पाएपछि भिमफेदीबाट खटिएको प्रहरी टोलीले सहनीलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लगेको थियो । उनको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले मण्डलको शव भने बिहिवार विहान मात्रै घटनास्थलमा फेला पारेको थियो । घटनास्थलमा बिहान खोजी गर्ने क्रममा मण्डलको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्