कंडेल आत्महत्या प्रकरणः चार्टर अकाउन्टेन्ट रावल सिमराबाट पक्राउ


eShilalekh

२२ बैशाख २०८०, शुक्रबार १०:११

सिमराः चितवनका पोल्ट्री फर्म व्यवसायी शंकर कंडेलको आत्महत्या प्रकरणमा प्रहरीले उनका चार्टर अकाउन्टेन्टलाई सिमराबाट पक्राउ गरेको छ ।

कंडेलको परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चार्टर अकाउन्टेन्ट जीवन रावललाई विहिबार राती सिमराबाट पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराको सहयोगमा चितवनबाट आएको प्रहरी टोलीले रावललाई नियन्त्रणमा लिएको हो ।

रावललाई राती नै चितवन लगिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । व्यवसायी कंडेलले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा रावलको नाम समेत उल्लेख गरेका छन् । बझाङ घर भएका रावल १० वर्षदेखि कंडेलको कम्पनीमा कार्यरत थिए ।

आफ्नो लगानीमा संचालित अनमोल फिड्सको शेयर खरिद गर्ने व्यवसायी प्रदीप रुङ्टासहित अकाउन्टेन्ट रावलका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै कंडेलले सुसाइड नोट लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्