आज बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरेर मनाईदै


eShilalekh

२२ बैशाख २०८०, शुक्रबार १०:४१

सिमराः शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती शुक्रवार मनाईदैछ । प्रत्येक वर्षको वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि र्पुर्याएको योगदानको स्मरण गर्दै बुद्ध जयन्ती मनाउन थालिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

बुद्ध जयन्तीका अवसरमा नेपाल तामाङ घेदुङ संघले पथलैयामा शान्ति र्याली निकालेको छ । बुद्ध जयन्तीका दिन बौद्ध धर्मावलम्बीले धर्मगुरुसहितको उपस्थितीमा चैत्य, गुम्बा, विहारलगायत स्थलमा पूजा गर्ने गरिन्छ । बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा समेत दिइएको छ । सरकारले साँझ दीपावली गरेर बुद्ध जयन्ती मनाउन आहवान गरेको छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेका थिए । उनी २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए

प्रतिक्रिया दिनुहोस्