नक्कली नोटसहित वीरगन्जबाट दुई जना पक्राउ


eShilalekh

२२ बैशाख २०८०, शुक्रबार १०:५७

सिमराः प्रहरीले नक्कली नेपाली नोटसहित वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका ३ का ओमप्रकाश साह र सर्लाही गोतौडा नगरपालिका १२ मधुवनीका आनन्द बर्दन सिंह रहेका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले उनिहरुलाई वीरगन्ज महानगरपालिका १६ स्थित सडकबाट पक्राउ गरेको हो । भारतीय बिआर ०१ पिजी ६५७७ नम्बरको स्कोरपियो गाडीमा सवार रहेका उनिहरुको साथबाट प्रहरीले चार लाख ८६ हजार नक्कली नोट बरामद गरेको हो ।

पर्सा प्रहरी प्रवक्ता निर्मल बुढाथोकीका अनुसार एक हजारको नक्कली नोट चार सय ४० थान र पाँच सय नक्कली नोट ७२ थान बरामद भएको छ । उनिहरुको साथबाट एक हजारको दुई सय थान सक्कली नोट समेत बरामद गरेको बुढाथोकीले जनाएका छन् ।

स्कोपियो गाडीसहित पक्राउ परेका उनिहरुलाई मुद्रा सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्