पचरौता नगरपालिकामा जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन


eShilalekh

३० बैशाख २०८०, शनिबार २०:१८

सिमराः पचरौता नगरपालिकामा जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरिएको छ । नगरपालिकाका नगर प्रमुख जलान्धर सिंह र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले प्रयोगशालाको उद्घाटन गरेका हुन् ।

पचरौता नगरपालिका र मधेस प्रदेश सरकारको सहकार्यमा उक्त प्रयोगशालाको निर्माण भएको हो । प्रयोगशाला उद्घाटन भएसंगै सेवा प्रारम्भ भएको छ । उक्त प्रयोगशालाबाट स्वास्थ्य समस्या सम्बन्धि ५२ प्रकारका जिवाणुको परीक्षण गर्न सकिने बताइएको छ ।

करिब ८० लाखको लागतमा तयारी अवस्थामा आएको उक्त ल्याबको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र, वडाध्यक्ष लक्ष्मी यादव, शिक्षा शाखा उपसंयोजक मुकेश सिंहलगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।

पचरौतामा प्रयोगशाला नहुँदा स्थानीयहरु ल्याब परीक्षणका लागी कलैया, वीरगन्ज धाउन बाध्य थिए ।

प्रतिक्रिया दिनुहोस्