बाघको आक्रमणबाट जीतपुरसिमरा १४ की एक महिला गम्भिर घाइते


eShilalekh

९ जेष्ठ २०८०, मंगलवार १८:३८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित खयरघारीमा बाघले आक्रमण गर्दा एक महिला गम्भिर घाईते भएकी छिन् । घाईते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेकी छिन् ।

बाघले आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ ।

अस्पतालमा रहेकी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङले महिलाको शरीरमा गम्भिर चोट लागेको र उपचार भईरहेको जानकारी दिईन् । उनले महिलाको अवस्था खतरामुक्त रहेको बताईन् ।

स्थानिय कपिल खरेलका अनुसार महिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो । महिला ठुलो आवाजमा चिच्याउन थालेपछि स्थानीयले होहल्ला गर्दै बाघलाई लखेटेको खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्