मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु


eShilalekh

१० जेष्ठ २०८०, बुधबार २१:०८

सिमराः बाराको कलैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २३ का ६४ वर्षीय देउकी साह रहेका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते साहलाई उपचारका लागि काठमाण्डौ लैजादै गर्दा बाटोमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार साहलाई न्युरो अस्पतालबाट थप उपचारका लागि काठमाण्डौ लैजान लागिएको थियो ।

कलैया उपमहानगरपालिका ६ स्थित सडकमा बाटो काट्ने क्रममा साहलाई बा८५प ७६०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक १८ वर्षीय अफरोज मंसुरी समेत घाईते भएका छन् । उनको गण्डक अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्