लागुऔषध गाँजासहित निजगढबाट एक पक्राउ


eShilalekh

१० जेष्ठ २०८०, बुधबार २१:२१

सिमराः प्रहरीले लागुऔषध गाँजासहित निजगढबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका ३ सिंगौलका ४५ वर्षीय अर्जुनकुमार तामाङ रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढको तामागढीबाट प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले १२ केजी गाँजा बरामद गरेको छ ।

हेटौडाबाट महोत्तरीतर्फ जादै गरेको ना७ख ६४६० नम्बरको बस चेकजाँच गर्ने क्रममा तामाङले बोकेको झोलाबाट उक्त परिमाणको गाँजा बरामद भएको बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्