बजनीमा निःशुल्क स्वास्थ्य शिविर, सय भन्दा बढीको परीक्षण


eShilalekh

१४ जेष्ठ २०८०, आईतवार १७:५३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बजनीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा मुटु, उच्च रक्तचाप, मधुमेहसम्बन्धि रोगको परीक्षण गर्न शिविरको आयोजना गरिएको हो ।

शिविरमा एक सय भन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन् । सो क्रममा निःशुल्क औषधी वितरण गरिएको थियो ।
शिविरमा मुटु रोग विशेषज्ञ डा. तेजप्रकाश साह र जीतपुरसिमरा अस्पतालका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए ।

वडाबासीलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले वडा कार्यालयले महिनामा दुई पटक निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

वडाध्यक्ष ताराबहादुर कार्कीले बृद्धबृद्धालाई लक्षित गरेर वडा कार्यालयले घरमै स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्