स्वास्थ्य सेवा बन्द गर्न निम्स अस्पताललाई उपमहानगरको निर्देशन


eShilalekh

१६ जेष्ठ २०८०, मंगलवार १९:१३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरास्थित निम्स अस्पताललाई स्वास्थ्य सेवा बन्द गर्न निर्देशन गरेको छ । अस्पताल संचालनका लागि मापदण्ड नपुगेको भन्दै उपमहानगरले उक्त अस्पताललाई स्वास्थ्य सेवा प्रवाह गर्न रोक लगाएको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण सम्बन्धि नियमालवी अनुसार मापदण्ड पूरा गरेको नदेखिएको जनाउदै सेवा बन्द गर्न पत्राचार अस्पतालाई गरेका हुन् । उपमहानगरपालिकाको कार्यालयले उक्त अस्पतालको अनुगमन र कागजपत्र जाँच गरेको थियो ।

मापदण्ड पूरा नगरेकै अवस्थामा उक्त अस्पताल लामो समयदेखि संचालनमा रहदै आएको छ । इजाजत लिएको भन्दा बाहिरको सेवा प्रवाह गर्न खोजेको भन्दै उक्त अस्पताललाई यसअघि पनि अनुगमन टोलीले पटकपटक कारवाही गर्दै आएको छ ।

उक्त अस्पताल जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य कर्मचारी आजम हुसेन देवानले संचालन गरेका हुन् । देवान जीतपुरसिमरा नगर अस्पतालमा ल्याब टेक्निसियनमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्