उपप्रमुख अधिकारीले गरे ढलान सडकको शिलान्यास


eShilalekh

१८ जेष्ठ २०८०, बिहीबार १४:०३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले विहिबार जीतपुरसिमरा ४ मा ढलान सडकको शिलान्यास गरेका छन् ।

नगर स्तरीय योजना अन्तर्गत उपप्रमुख अधिकारीले आँखा अस्पतालबाट पशु सहकारीतर्फको बाटोमा निर्माण हुन लागेको ढलान सडकको शिलान्यास गरेका हुन् ।

ढलान सडकको शिलान्यास गर्दै नगर उपप्रमुख अधिकारीले विकास र परिवर्तनको मुख्य आधारको रुपमा रहेको सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिईने बताए । उनले सडक निर्माण भएपछि उक्त क्षेत्रका स्थानीय लाभान्वित हुनेमा आशावादी रहेको बताए ।

शिलान्यास कार्यक्रममा एमाले नेता मनोज पौडेल, रमेश खरेल, कुमार त्रिपाठी, युवा नेता त्रिलोक बिक्रम शाहसहित स्थानीयको सहभागिता रहेको थियो । उपमहानगरपालिकाको १५ लाखको लागतमा उक्त सडक निर्माण हुन लागेको नगर उपप्रमुखको स्वकीय सचिव राजकुमार न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्