निजगढमा अन्तर विद्यालय फूटबल प्रतियोगिता हुने


eShilalekh

२३ जेष्ठ २०८०, मंगलवार २०:५६

निजगढः बाराको निजगढमा नगर स्तरीय अन्तर विद्यालय फूटबल प्रतियोगिता हुने भएको छ । निजगढ फूटबल क्लबको आयोजनामा जेठ २६ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

असार ७ गतेसम्म संचालन हुने प्रतियोगितामा नगरपालिका भित्रका १० विद्यालयले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शम्भु थापाले विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने उदेश्य रहेको बताए ।

निजगढ ९ स्थित चाइनिज क्याम्प रंगशालामा संचालन हुने प्रतियोगितामा नेपाल राष्ट्रिय आधारभूत, सार्वजनिक मावि, गौरीशंकर मावि, विद्यासागर अंग्रेजी मावि, बकैया ठाकुर मावि, होली एन्जल्स, नेरामावि लाल, नेरामावि रतनपुर र आयोजकले सहभागिता जनाउने थापाले जानकारी दिए ।

आयोजक क्लबका अनुसार प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार प्राप्त गर्नेछ । पत्रकार सम्मेलनमा वडा नं. ८ का वडाध्यक्ष एवम् क्लबका कोषाध्यक्ष सुवर्ण लामालगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेल जेठ २६ गते गौरीशंकर माध्यमिक विद्यालय शहिद चोक र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालबीच प्रतिस्पर्धा हुने आयोजक क्लबले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्