अमलेखगञ्जस्थित बौद्ध विद्यालयका छात्रछात्रालाई पोशाक वितरण


eShilalekh

३० जेष्ठ २०८०, मंगलवार २१:०३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ को कार्यालयले बौद्ध विद्यालयका छात्रछात्रालाई पोशाक वितरण गरेको छ ।

अमलेखगञ्जस्थित अहिंसावादी सांगे छ्योइलिङ्ग आधारभूत बौद्ध विद्यालयका ८० जना छात्रछात्रालाई वडा कार्यालयले पोशाक वितरण गरेको हो । वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले विद्यालयका बालबालिकालाई पोशाक वितरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुम्बाकी अध्यक्ष फुलमाया मगर, विद्यालयकी प्रध्यानाध्यापक मिना लामा, स्थानीय शिवराज लामा, गोपाल घलान, फुलमाया तामाङलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्