अल्पाइन अस्पतालद्वारा आयोजित शिविरमा आठ सय भन्दा बढीको नि:शुल्क स्वास्थ्य परिक्षण


eShilalekh

३ असार २०८०, आईतवार १०:०७

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित अल्पाइन अस्पतालद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा आठ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका छ । विज्ञ चिकित्सकको उपस्तिथिमा आयोजित शिविरमा पाँच सय महिलासहित आठ सय ५७ जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।

शिविरमा नेपाल र भारतका दक्ष चिकित्सकद्वारा बाल रोग, मुटु, रक्तचाप, हाडजोर्नी, नशा, प्रसुती, बाथ, नाक, कान, घाँटी, आँखा, थाइराइडको नि:शुल्क उपचार गरिएको थियो । शिविरमा डा. कृष्ण अधिकारी, डा. प्रशान्त कर्ण, डा. पुष्पराज अधिकारी, डा. उज्वल दास, डा. अनिल पुकार साह, डा. सिम्पल गुप्ता, डा. प्रकाश शाह, डा. शैलेशकुमार शाह, डा. बबिता चौधरी, डा. अभिषेक ठाकुर, डा. नवीन लेखक, डा. स्लेस्मा रिजाल, डा. निल्मणी प्रियदर्शी, डा. जितेन्द्र गिरीसहित १६ जना चिकित्सकले स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा चिकित्सकले स्वास्थ्य जाँच गर्नुका साथै परामर्श दिएका थिए । एकै स्थानमा १६ जना विज्ञ चिकित्सकको उपस्थितिमा शिविरको आयोजना गरिएपछी स्वास्थ्य जाँच गर्न स्थानीयको भिड लागेको थियो ।

अल्पाइन अस्पतालका संचालक शिवकुमार शर्माले एकै स्थानमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्याको उपचार गर्नका लागि वृहत् स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । उनले स्वास्थ्य शिविरलाई आगामी दिनमा निरन्तरता दिदै जाने र सेवाग्राहीको आवश्यकता अनुसार अस्पतालले विज्ञ चिकित्सक उपस्थितिमा स्वास्थ्य सेवा प्रवाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्