महालक्ष्मी बैंकका सेवाग्राही र कर्मचारीले प्याथोलोजि जाँच सेवामा छुट पाउने


eShilalekh

३ श्रावण २०८०, बुधबार २०:४७

सिमराः महालक्ष्मी विकास बैंकका सेवाग्राहीले मंगलम डाइग्नोष्टिक सेन्टरबाट प्राप्त गर्ने प्याथोलोजि जाँच सेवामा छुट पाउने भएका छन् । बैंक र डाइग्नोष्टिक सेन्टरबीच बुधवार व्यवसायिक सम्झौता भएको हो ।

सम्झौता भएसंगै महालक्ष्मी विकास बैंकमार्फत वित्तिय कारोबार गर्दै आएका सेवाग्राहीले प्याथोलोजि सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसैगरी महालक्ष्मी बैंकका कर्मचारीले २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

मंगलम डाइग्नोष्टि प्याथोलोजीले हाल वीरगन्ज, सिमरा र जनकपुरबाट सेवा प्रदान गर्दै आएको छ । उक्त तीन स्थानबाट महालक्ष्मी बैंकका सेवाग्राहीले प्याथोलोजि जाँच सेवामा छुट पाउनेछन् ।

महालक्ष्मी विकास बैंकको वीरगन्जस्थित कार्यालयमा भएको सम्झौतामा बैंकका तर्फबाट शाखा प्रवन्धक पुरुषोत्तम अधिकारी र डाइग्नोष्टिक सेन्टरका तर्फबाट अध्यक्ष डा. अमरनाथ ठाकुरले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा बैंकका मधेस प्र्रमुख सुदीपचन्द्र पोखरेललगायतको उपस्थिती रहेको थियो ।

महालक्ष्मी विकास बैंकले हाल देशभर एक सय तीन शाखाबाट वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्