नेवि संघको केन्द्रीय समितिमा बाराबाट ९ जना मनोनीत


eShilalekh

२३ श्रावण २०८०, मंगलवार २२:१६

सिमराः नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा बाराका नौ जना मनोनीत भएका छन् । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुजांङ शेर्पाको अध्यक्षतामा सात सय १० सदस्यीय तदर्थ समिति गठन गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको केन्द्रीय समितिको नामावलीमा बाराका ९ जना छन् । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा रिता रिजाल, विकल्प भट्टराई, निजामुदिन अंसारी, शिवकुमार चौधरी, पुरन तिमिल्सिना, हृदयराज मिश्र, हरिओम साह, राजकिशोर साह र विनोद साह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्