अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा वीरगन्जका चार युवा सम्मानित


eShilalekh

२६ श्रावण २०८०, शुक्रबार १३:५३

सिमराः अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्ज पब्लिक कलेज (बिपिसी) ले चार जना युवालाई सम्मान गरेको छ । समाजका विभिन्न क्षेत्रमा सक्रिय चार युवालाई एक समारोहमा सम्मान गरिएको हो ।

कलेजले सञ्चारकर्मी सूर्यनारायण विक, महिला अधिकारका क्षेत्रमा सक्रिय संचारकर्मी कविता खड्का, सामाजिक क्षेत्रमा सक्रिय राजन श्रीवास्तव, मानविय सेवामा कार्यरत मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका संयोजक देवेश गुप्तालाई सम्मान गरेको हो । कलेजका प्रधानाध्यापक हरिरत्न तुलाधर र सह प्रधानाध्यापक अरविन्द श्रेष्ठले युवालाई सम्मानपत्र प्रदान गरेका थिए ।

सामाजिक क्षेत्रमा सक्रिय युवालाई प्रेरित गर्न र कलेजमा अध्ययनरत विद्यार्थीलाई उर्जा थप्नका निम्ति सम्मान गरिएको प्रधानाध्यापक तुलाधरले बताएका छन् ।

विश्वमा प्रत्येक अगष्ट १२ तारिकका दि अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्