सिमरामा आँखा जाँच शिविर सम्पन्न, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने


eShilalekh

२६ श्रावण २०८०, शुक्रबार १४:२५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित नरबस्तीमा शुक्रवार निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिएको छ । रुपान्तरण युवा क्लबको आयोजना र वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा एक सय ५७ जनाको आँखा परीक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये १६ जनामामोतियाबिन्दुको समस्या देखिएको रुपान्तरण युवा क्लबका अध्यक्ष रामकुमार अर्यालले जानकारी दिएका छन् । मोतियाबिन्दु देखिएका विरामीको निःशुल्क शल्यक्रिया गरिने अर्यालले जानकारी दिए ।

शिविरमा आँखा जाँच गराउनेमा अधिकांश बृद्धबृद्धा रहेका थिए । आँखा पाक्ने समस्या बढ्दो रहेका बेला शिविरको आयोजना हुँदा स्थानीयले राहत महसुस गरेका थिए । शिविरमा जाँच गरिएकामध्ये अधिकांशमा आँखा पाक्ने समस्या देखिएको र त्यस्ता विरामीलाई निःशुल्क औषधी वितरण गरिएको अर्यालले बताए ।

शिविरमा आँखा अस्पतालका नेत्र अधिकृत महेश सिंह धामी, आँखा रोग विशेषज्ञ नैन यादव, व्यवस्थापक प्रेम घिमिरे, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, सहयोगी संस्था अभियान डिजिटल वल्र्डका दीपेश वर्णवाल,लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्