व्यवहारिक शिक्षाः विद्यार्थीलाई टपरी गाँस्न सिकाउदै विद्यालय


निलिसा वर्मा

२६ श्रावण २०८०, शुक्रबार १६:३३

सिमराः न्यु एकता पब्लिक इङ्लिस स्कुलले किताबी ज्ञानसंगै विद्यार्थीलाई व्यवहारिक शिक्षामा सहभगागिता गराउदै आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १ मा रहेको विद्यालयले व्यवहारिक शिक्षालाई पनि पाठ्यक्रमसंगै अघि बढाउदै आएको हो ।

व्यवहारिक शिक्षा दिने क्रममा विद्यालयले शुक्रवार कक्षा दुई देखि माध्यमिक तहसम्मका विद्यार्थीलाई बत्ती काट्ने, टपरी गाँस्ने, पुरी तरकारी बनाउने कार्यमा सहभागी गराएको छ । कक्षा दुई देखि चारसम्मका विद्यार्थीलाई बत्ती काट्ने, पाँच देखि आठ सम्मका विद्यार्थीलाई टपरी गाँस्ने र माध्यमिक तहका विद्यार्थीलाई पुरी र तरकारी बनाउन सिकाएको हो ।

विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरु उत्साहित हुँदै सहभागी भएका थिए । विद्यालयका शिक्षक दिवस न्यौपानेले व्यवहारिक शिक्षामा विद्यार्थी निकै उत्सुक देखिएको बताए ।

शिक्षक न्यौपाले पाठ्यक्रमसंगै घरभित्र दिनानुदिन हुने कामका विषयमा विद्यार्थीलाई जानकारी गराउने र त्यसमा अभ्यस्त बनाउन जरुरी रहेको बताएका छन् । यस्ता गतिविधिले घरपरिवारको दायित्व वहन गर्न, पारिवारिक सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने शिक्षक न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्