शिक्षक महासंघ बाराद्धारा शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा धर्ना


eShilalekh

३० श्रावण २०८०, मंगलवार १८:२५

सिमराः नेपाल शिक्षक महासंघ बाराले मंगलबार शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा धर्ना दिएको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत महासंघले बिहान ११ बजेदेखि २ बजेसम्म कार्यालयमा धर्ना दिएको हो ।

विद्यालय शिक्षा विधेयक सच्याउन र सरकारसंग भएका सहमति कार्यान्यवनको माग गर्दै शिक्षक महासंघले देशव्यापी विरोधका कार्यक्रम घोषणा गरेको थियो । कार्यक्रम अन्तर्गत महासंघमा आवद्ध शिक्षकहरुले आइतबार स्थानीय तहको कार्यालयमा धर्ना दिएका थिए ।

प्रस्तावित विधेयकको केही व्यवस्था र सरकारसंग यसअघि भएका सहमति कार्यान्यवनका लागि दवाव दिन शिक्षकहरुको छाता संगठनको रुपमा रहेको महासंघले साउन २६ गते विरोधका कार्यक्रम घोषणा गरेको थियो । सोही अनुसार शिक्षकहरुले स्थानीय तह र जिल्ला स्थित कार्यालयमा धर्ना दिएका हुन् ।

केन्द्रीय कार्यक्रम अन्तर्गत शिक्षक महासंघले साउन ३२ गते मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्