कलैयामा मृत भेटिएका पुरुषको हत्या भएको आशंका, परिचय खोज्दै प्रहरी


eShilalekh

३० श्रावण २०८०, मंगलवार १९:३३

सिमराः बाराको कलैयामा मंगलवार बिहान मृत भेटिएका पुरुषको पहिचान साँझसम्म खुल्न सकेको छैन । कलैया उपमहानगरपालिका ४ स्थित जानकी हल अगाडी पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको थियो ।

शव फेला परेलगत्तै उनको पहिचान पत्ता लगाउन बारा प्रहरीले प्रयास गरिरहेको छ । तर साँझसम्म पनि शवको पहिचान र घटनाको अवस्था खुल्न नसकेको प्रहरीको भनाई छ ।

बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मृत भेटिएका पुरुषको पहिचान पत्ता लगाउन प्रयास भईरहेको बताए । मृतकको शरिरमा देखिएको चोटपटकबाट हत्या गरी फालिएको हुनसक्ने आशंका रहेको प्रवक्ता न्यौपानको भनाई छ ।

न्यौपानेले शव भेटिएको स्थान र शव प्रकृति हेर्दा हत्या गरेको हुनसक्ने भएपनि अनुसन्धानपछि मात्रै आधिकारिक पुष्टि हुने बताए ।

प्रतिक्रिया दिनुहोस्