पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो


eShilalekh

३० श्रावण २०८०, मंगलवार २२:१७

सिमरा: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर पाँच  र डिजेल/मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो ।

यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ कायम भएको छ । यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गलाई प्रतिलिटर १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ पर्ने भएको छ ।

पहिलो वर्गमा अमलेखगन्ज, वीरगन्ज, चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यसैगरी दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छ ।

निगमले यसअघि साउन १६ गते पेट्रोलमा नौ, डिजेल र मट्टीतेलमा सात/सात रुपैया बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्