बारामा खुल्यो टिभीएस मोटरसाइकलको चौथो ‘सोरुम’


eShilalekh

३२ श्रावण २०८०, बिहीबार २२:००

सिमराः बाराको जीतपुरमा विहिबार टिभीएस मोटरसाइकलको चौथो ‘सोरुम’ खुलेको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ मा स्वस्तिक ट्रेड एण्ड कन्सर्न संचालनमा आएको हो ।

टिभीएसको आधिकारिक डिलरको रुपमा खुलेको यो ‘सोरुम’ बाराको चौथो हो भने जीतपुरको दोस्रो हो । यसअघि जीतपुरमा सगरमाथा मोटर्सले सेवा प्रवाह गरिरहेको छ । जीतपुरसंगै निजगढमा माँ अजिमा ट्रेडर्स र कलैयामा करण इन्टरप्राईजेज आधिकारिक विक्रेताको रुपमा संचालनमा छन् ।

जीतपुरका युवा व्यवसायी बिक्की गुप्ता र किरण पुरीले संचालनमा ल्याएको सोरुमको एक समारोहकाबीच जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने र जगदम्बा मोटर्स प्रालिका प्रवन्ध निर्देशक ड्रोना संग्रौलाले उद्घाटन गरेका थिए । करिब दुई करोड २५ लाखको लागतमा सञ्चालनमा आएको सोरुमबाट टिभिएस मोटरसाइकलका सबै सेवा प्रदान गरिने संचालकले बताएका छन् ।

सोरुम उद्घाटन कार्यक्रममा जगदम्बा मोटर्स प्रालिका पारीक, अशोक सरकार, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरी, वर्तमान महासचिव प्रकाश गिरी, सदस्य राजुराज गिरीलगायतको उपस्थिती रहेको थियो ।

नेपालमा शंकर ग्रुपद्धारा संचालित जगदम्बा मोटर्स प्रालि टिभीएसस मोटरसाइकलको आधिकारिक विक्रेता हो । जगदम्बा मोटर्समार्फत नेपालभित्र टिभीएसका डिलर संचालनमा आउने गरेका छन् । सोहीमार्फत स्वस्तिक ट्रेड एण्ड कन्सर्न संचालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्