बोरामा बच्चा राखेर भारत लैजादै गरेको अवस्थामा एक भारतीय नागरिक पक्राउ


eShilalekh

३ भाद्र २०८०, आईतवार १९:५२

सिमराः बोरामा बच्चा लुकाएर भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बाराको दक्षिणझिट्कैयाबाट एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । देवताल गाउँपालिका ३ स्थित अमुवाबाट बच्चा चोरी गरी भारत लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले पूर्वीचम्पारण मुर्तिया ग्रामपञ्चायत ४ आधापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिएको हो ।

आमलमले अमुवाका शिवपुजन महतोका नौ महिनाकी छोरी लक्ष्मी र प्रेमचन्द्र महतोका दुई वर्षीय छोरा सत्यमकुमारलाई बोरामा लुकाएर भारत लैजादै गरेका थिए । बोराभित्र बच्चा रोईरहेको आवाज सुनेपछि सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर अन्तर्गतको दक्षिणझिट्कैया बिओपीका सशस्त्र प्रहरीको टोलीले आलमलाई नियन्त्रणमा लिएका हुन् ।

बच्चाको रोएको आवाज सुनेपछि सशस्त्र प्रहरी नायब निरीक्षक मिलन श्रेष्ठको नेतृत्वमा रहेको टोलीले बोरा खोलेर हेर्दा बच्चा भेटिएको र तत्कालै आलमलाई नियन्त्रणमा लिएको हो । बोराभित्रबाट उद्धार गरिएका बच्चालाई अभिभावक पहिचान गरी जिम्मा लगाइएको र आलमलाई देवापुरस्थित प्रहरी चौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक टोबहादुर डांगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्