अमलेखगञ्जका क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण


eShilalekh

१८ भाद्र २०८०, सोमबार १४:२७

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ को कार्यालयले सोमबार अमलेखगञ्जका विभिन्न क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

खेलकुद क्षेत्रमा सक्रिय रहि वडा कार्यालयमा सूचीकृत भएका तमु क्लब, ठाकुर मन्दिर युवा क्लब र सिद्देश्वर मध्यवर्ती क्षेत्र युवा क्लबलाई वडा कार्यालयले खेलकुद सामाग्री वितरण गरेको हो ।

वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच वडाध्यक्ष सुवास श्रेष्ठले क्लबका अध्यक्ष र खेलाडीलाई जर्सी, कट्टु, जुत्ता, फूटबललगायतका सामाग्री वितरण गरेका थिए ।  वडाध्यक्ष श्रेष्ठले तमु क्लबका अध्यक्ष नरेश गुरूङ, ठाकुर मन्दिर युवा क्लबका अध्यक्ष धिरज कार्की र सिद्देश्वर मध्यवर्ती क्षेत्र युवा क्लबका अध्यक्ष निशान शाही ठकुरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

खेलकुद सामाग्री वितरण कार्यक्रममा कार्यपालिका सदस्य सुकु कुमारी, वडासदस्य बद्रीनारायण साह, जमुना गाैतम, सीता विक, वडा सचिब जीवन थापालगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्