पथलैया खानेपानीको निर्वाचनमा लामाको प्यानल निर्वाचित


eShilalekh

७ आश्विन २०८०, आईतवार ११:२८

सिमराः पथलैया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सुरेशकुमार लामाको प्यानल निर्वाचित भएको छ । समितिको २५औं साधारणसभाले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि शनिवार भएको निर्वाचनमा लामा नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

निर्वाचनमा लामा र अर्का उम्मेदवार खिलबहादुर कार्कीले प्यानल बनाएर चुनाव लडेका थिए भने अध्यक्ष पदमा राजकुमार डिमडु»ले एकल उम्मेदवारी दिएका थिए । अध्यक्ष पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा लामा कार्कीसंग ७८ मतको मतान्तरले निर्वाचित भए ।

लामाले दुई सय ७९ मत प्राप्त गर्दा कार्कीले दुई सय एक मत प्राप्त गरे । यसैगरी अध्यक्षका एकल उम्मेदवार डिमडुङले ७८ मत पाए । उपाध्यक्ष पदमा लामा प्यानलका तोयानाथ खनाल निर्वाचित भए । उनले तीन सय २२ मत प्राप्त गर्दा अर्का प्रत्याशी टिकादास मुल्मीले एक सय ९५ प्राप्त गरेका छन् ।

११ सदस्यीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा किरण आलेमगर तीन सय ६५ मत प्राप्त गर्दै सचिव पदमा निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्द्धी गौतम अधिकारीले एक सय ६७ मत पाए ।

यसैगरी कोषाध्यक्ष पदमा लाक्पा ग्याबु शेर्पाले तीन सय ३४ मत प्राप्त गर्दा अर्जुन लम्सालले एक सय ९१ मत पाए । सहसचिव पदमा खड्कराज तामाङ तीन सय २० मत पाँउदै निर्वाचित हुँदा दीपक बाँस्कोटाले एक सय ३९ र एकल उम्मेदवार सन्तोष कार्कीले ७० मत पाए ।

निर्वाचनबाट सदस्य पदमा दीप राई (३४६), प्रेमबहादुर लामा (३४४), दीपेन्द्रकुमार श्रेष्ठ (३३४), पार्वती श्रेष्ठ (३२७), लक्ष्मी भट्ट (३३२) र एकमाया जिम्बा (३२२) निर्वाचित भएका छन् ।

कुल ६ सय ४३ मतदातामध्ये निर्वाचनमा पाँच सय ७३ मत खसेको थियो । निर्वाचित पदाधिकारी र सदस्यलाई एक कार्यक्रमकाबीच सपथ ग्रहण र प्रमाणपत्र वितरण गरिने प्रमुख निर्वाचन अधिकृत शंकरकुमार आचार्यले जानकारी दिए ।

यस्तो छ अन्तिम मतपरिणाम:

अध्यक्ष:-

सुरेश कुमार लामा- २७९ (निर्वाचित)

खिलबहादुर कार्की (शरण)- २०१

राजकुमार डिमडुङ- ७८

उपाध्यक्ष:-

तोयानाथ खनाल- ३२२ (निर्वाचित)

टिकादास मुल्मी- १९५

सचिव:-

किरण आले मगर- ३६५ (निर्वाचित)

गौतम प्रसाद अधिकारी- १६७

कोषाध्यक्ष:-

लाक्पा ग्याबु शेर्पा- ३३४ (निर्वाचित)

अर्जुन लम्साल- १९१

सहसचिव:-

खड्कराज तामाङ- ३२० (निर्वाचित)

दीपक बाँस्कोटा- १३९

सन्तोष कार्की- ७०

सदस्य:-

एकमाया जिम्बा- ३२२ (निर्वाचित)

दीपेन्द्र कुमार श्रेष्ठ- ३३४ (निर्वाचित)

दीप राई- ३४६ (निर्वाचित)

लक्ष्मी भट्ट- ३३२ (निर्वाचित)

प्रेमबहादुर लामा- ३४४ (निर्वाचित)

पार्वती श्रेष्ठ- ३२७ (निर्वाचित)

बिष्णुकुमार आचार्य- १७७

पार्वती लम्साल- १७९

शिला सुब्बा- १८२

सन्जु कार्की गेलाल- १७५

शिवबहादुर आचार्य- १७६

रितु थामी- १८२

प्रतिक्रिया दिनुहोस्