तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कपः चितवन र काठमाडौं बिजयी


eShilalekh

९ आश्विन २०८०, मंगलवार ११:०३

सिमराः सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा चितवन र काठमाडौं बिजयी बिजयी भएका छन् ।

सिमरा रंगशालामा भएको पहिलो खेलमा चितवन भेट्रान क्लबले वीरगन्ज युथ एकेडेमीलाई १-० ले पराजित गरेको हो । चितवनको जितमा मेघलाल तामाङले निर्णायक गोल गरे । तामाङ खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी दोस्रो खेलमा बीच खेलमा चाबहिल भेट्रान काठमाडौंले दार्जलिङ भेट्रान क्लबलाई ३-० ले पराजित गरेको हो । चाबहिलको जितमा कृष्ण मल्लकारले दुई र शिशिबहादुर हमालले एक गोल गरे । मल्लकार खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुँदैछ । सिमरा रंगशालामा हुने पहिलो खेलमा नव जनजागृति युवा क्लब भेट्रान र फ्रिडम फाइटर भेट्रान काठमाडौं भिड्दैछन् भने दोस्रो खेलमा चाबहिल भेट्रान र चितवन भेट्रान भिड्नेछन् । खेल दिउँसो ४ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्