माओवादी केन्द्रले आज नगर नेतृत्व चयन गर्दै


eShilalekh

२३ मंसिर २०७८, बिहीबार ०९:३१

सिमरा: नेकपा माओवादी केन्द्रले विहिवार जीतपुरसिमरा नगर कमिटीको नेतृत्व चयन गर्दैछ । मंसीर १८ र १९ गते सिमरामा सम्पन्न प्रथम अधिवेशनबाट निर्वाचित ७९ नगर सदस्यले नेतृत्व चयन गर्न लागेका हुन् ।

नगरको नेतृत्वका लागि माओवादी केन्द्रमा तीन जना आकांक्षी देखिएका छन् । माओवादी केन्द्रका प्रेम बराल, भरत भण्डारी र धनबहादुर श्रेष्ठ नगर अध्यक्षको प्रतिस्पर्धामा छन् ।

माओवादी केन्द्रका नेताका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास भईरहेको छ । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्रथम सम्मेलनबाट निर्वाचित नगर सदस्यले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्