ग्रासरुट फुटबल: नेरामावि सिमरा र अमलेखगञ्ज क्वार्टरफाईनलमा


eShilalekh

२३ मंसिर २०७८, बिहीबार ०९:५३

सिमरा: अन्तर विद्यालयस्तरीय ग्रासरुट फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगंज विजयी भएका छन् ।

सिमरा रंगशालामा जारी प्रतियोगितामा सिमराले अक्षरा पाठशाला र अमलेखगंजले लोटस एकेडेमीलाई पराजित गरेको हो । जीतसंगै दुई विद्यालय प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।

सिमरालाई जीत दिलाउन साहिल मोक्तानले पेनाल्टीमार्फत निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच अक्षराका गोलरक्षक सञ्जय शापा घोषित भए । यसैगरी अर्को खेलमा अमलेखगंजले लोटसमाथी ३–१ को जीत निकालेको हो ।

अमलेखगञ्जको जितमा ब्रिजन नेपालले दुई गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो । लाेटसका लागि रोहन श्रेष्ठले एक गोल फर्काए । ब्रिजन खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियागिता अन्तर्गत बिहिबार नेपाल राट्रिय माध्यमिक विद्यालय डुमरवाना र सिमरा पब्लीकबीच पहिलो खेल हुनेछ । यसैगरी दोस्रो खेलमा राष्ट्रिय विभुति शिक्षा सदन डुमरवाना र नोबेल एकेडेमी सिमरा भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्