जीतपुरसिमरा १ का वडाध्यक्ष गुरुङको स्वास्थ्य अवस्था सामान्य बन्दै


eShilalekh

१७ आश्विन २०८०, बुधबार २१:३३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । उच्च रक्तचापका कारण अचानक अस्वस्थ हुन पुगेका गुरुङको पछिल्लो अवस्था सामान्य बन्दै गएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष गुरुङलाई सिमरा हुँदै वीरगन्ज लगिएको थियो । गुरुङको अहिले एलएस न्युरो अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै रामचन्द्र लामाले जानकारी दिए ।

उच्च रक्तचापका कारण २४ घण्टा निगरानीमा राखिएको र सम्भवत अस्पतालले विहिबार डिस्चार्ज गर्ने लामाले बताए । लामाका अनुसार गुरुङको स्वास्थ्यमा गम्भिर समस्या देखिएको छैन ।

अस्पताल पुगेर वडाध्यक्ष गुरुङलाई भेटेर फर्किएका एमाले नेता मनोज पौडेलले पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्