जीतपुरमा कस्मेटिक संघ गठन, अध्यक्षमा बजगाईं


eShilalekh

१९ आश्विन २०८०, शुक्रबार २२:३७

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका ७ मा कस्मेटिक सम्बन्धि व्यवसाय गर्दै आएका व्यवसायीले कस्मेटिक संघ गठन गरेका छन् । जीतपुरमा शुक्रबार भएको भेलाले शान्ताकुमारी बजगाईँ (रिना) को अध्यक्षतामा १३ सदस्यीय संघ गठन गरेका हुन् ।

संघको उपाध्यक्षमा प्रेमप्रसाद गुप्ता, सचिबमा चन्दन गुप्ता, कोषाध्यक्षमा बिजयकुमार गुप्ता रहेका छन् । यसैगरी सदस्यमा पर्मा गिरी, रामबाबु गुप्ता, जगतप्रसाद गुप्ता, रामनिवास गुप्ता, लक्ष्मी गिरी, पवन गुप्ता, रुपेश गुप्ता, जलालुदिन अंसारी र विनोदप्रसाद गुप्ता चयन भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ भित्र व्यवसाय गर्दै आएका व्यवसायीहरु संघमा आवद्ध भएर अघि बढ्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्