पथलैयामा विभिन्न सामाजिक संघसंस्थाद्धारा सरसफाइ


eShilalekh

२१ आश्विन २०८०, आईतवार २०:०५

सिमराः पथलैयामा विभिन्न सामाजिक संघसंस्थाले संयुक्तरुपमा सरसफाइ कार्यक्रमको आयोजना गरेका छन् । संगसंगै बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा विभिन्न १७ संघसंस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सामाजिक संघसंस्थाले पथलैयास्थित धर्मेश्वर मन्दिर र गुम्बा परिसर वरपरको क्षेत्रमा सरसफाइ गरेका थिए । सरसफाइ तथा डेंगु नियन्त्रण अन्तर्गत सरसफाइ कार्यक्रम गरिएको संगसंगै बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुवन राईले जानकारी दिए ।

कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालय, सशस्त्र प्रहरी बल प्राविधिक शिक्षालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रहरी चौकी, भिमेश्वर सामुदायिक वन उपभोक्ता समिति, पथलैया सामुदायिक वन उपभोक्ता समिति, होली गार्डेन इङ्लिस बोर्डिङ स्कुल, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय झ्याङ छ्युब छ्योलिङ्ग गुम्बा, किरात राई यायोख्खा, नेपाल मग संघ, धर्मेश्वर महादेव मन्दिर संरक्षण समिति, नेवा सांस्कृतिक पुचः, छठीमाई मन्दिर व्यवस्थापन समिति, खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, नयाँ गोरेटो पुर्नस्थापना केन्द्र र नव जनजागृति भेट्रान क्लबको सहकार्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्