घण्टीमाई सहकारीको नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए सपथ


eShilalekh

२१ आश्विन २०८०, आईतवार २०:२४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारी र सदस्यले सपथ ग्रहण गरेका छन् । संस्थामा आयोजित कार्यक्रमका बीच ११औं वार्षिक साधारणसभाबाट सर्वसम्मत् निर्वाचित संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी र सदस्यले सपथ ग्रहण गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष कोपिला सिम्खडासहित पदाधिकारी र सदस्यलाई निर्वाचन अधिकृत डम्बर खड्काले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगत्तै पदाधिकारी र सदस्यलाई पूर्वमन्त्री एवम् बारा क्षेत्र नं. ४ का सांसद किसान श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए ।

संस्थाको साधारणसभाले संस्थाको अध्यक्षमा सिम्खडालाई निरन्तरता दिदै १३ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भुवप्रसाद ढकाल, सचिबमा त्रिलोक बिक्रम शाह, सहसचिबमा सुकदेव सिम्खडा र कोषाध्यक्षमा कमल पौडेल चयन भएका छन् ।

यसैगरी सदस्यमा तोयानाथ लुईटेल, माधवप्रसाद सापकोटा, रुद्रप्रसाद खतिवडा, प्रेमकुमारी ढकाल, सुशिला खनाल अधिकारी, सुधा ओली, पुनमकुमारी चौधरी र निल सिग्देल खड्कालाई चयन गरिएको छ । यस्तै साधारणसभाले नवराज न्यौपानेको अध्यक्षतामा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । समितिको सदस्यमा सविता तिवारी र जानुका भण्डारी रहेका छन् ।

निर्वाचन अधिकृत खड्काको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा सांसद श्रेष्ठसहित पूर्वप्रदेशसभा सदस्य सुन्दर विक, पूर्व नगर उपप्रमुख सरस्वतीदेवी चौधरीलगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाकी सूचना अधिकारी अस्मिता शर्माले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्