युवा केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा दिन एमालेको युवा तथा खेलकुद विभागको आग्रह


eShilalekh

२१ आश्विन २०८०, आईतवार २१:१८

सिमराः नेकपा एमाले मधेस प्रदेश अन्तर्गत रहेको युवा तथा खेलकुद विभागले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्न देशको तीनै तहका सरकारसंग माग गरेको छ ।

विभागका प्रमुख मनोज पौडेलको अध्यक्षतामा बसेको बैठकले युवालाई केन्द्रीत गरेर रोजगारमुलक कार्यक्रम ल्याउन माग गरेको हो । युवा विदेशिने क्रम बढ्दो अवस्थामा रहेको भन्दै विभागले तत्कालै सरकारले युवाका लागि ठोस योजना ल्याउन आग्रह गरेको हो ।

विभागको बैठकले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिन माग गर्दै एमाले मधेस प्रदेशका अध्यक्षलाई समेत ध्यानाकर्षण गराएको छ । विभागका अध्यक्ष पौडेलसहितको टोलीले एमाले मधेसका अध्यक्ष रामअवतार यादवलाई बैठकको निर्णयसहित ध्यानाकर्षण गराएको हो ।

यस्तो छ बैठकले गरेको निर्णयः

– युवा विदेशिने क्रमलाइ निरुत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्ने ।
– हरेक पालिकाले युवाहरुको रोजगारीको लागी ठोस योजना ल्याउनु पर्ने ।
– कृषि तथा पशुपालनका विशेष प्याकेज सहित अनुदान कार्यक्रम ल्याएर युवालाइ उत्पादन संंग जोडनु पर्ने ।
– पालिकाले सिपमुलक तालीम सन्चालन गर्नु पर्ने । युवालाई प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउने, युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने ।
– प्रदेश सरकारले युवामैत्री उद्यमशीलतासम्बन्धी परामर्श सेवा प्रदान गर्ने, वैदेशिक अध्ययन तथा रोजगारीबाट सिकेका ज्ञान, सीप, प्रविधि, पुँजी र अनुभवलाई देशमै उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाबाट युवालाई उद्यम तथा व्यवसाय सञ्चालनका लागि बिनाधितो सरल र सहज रूपमा कर्जा उपलब्ध गराउने ।
– प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागी आफ्नो कुल बजेटको १% बजेट बिनियोजन गर्नुपर्ने ।
– प्रत्येक पालिकामा एउटा स्पोर्ट्स एकेडेमी, एक खेल मैदान वा रंगशाला तथा एक कभर्डहलको योजना बनाउनुपर्ने ।

प्रतिक्रिया दिनुहोस्