जीतपुरसिमरा ६ मा एक महिलाको शव भेटियो, पहिचान खुल्न बाँकी


eShilalekh

१६ कार्तिक २०८०, बिहीबार १४:१६

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ को घुसकपुरमा एक महिलाको शव फेला परेको छ । स्थानीयले खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको पहिचान खुल्न सकेको छैन् ।

शव फेला परेको स्थानमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले तालिम प्राप्त कुकुर समेत ल्याएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्