भाइटीकाको उत्तम साइत कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा


eShilalekh

२० कार्तिक २०८०, सोमबार २०:४६

सिमराः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तिहारको भाइटीकाको उत्तम साइत कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै टीकाको उत्तम साइत जानकारी गराएको हो ।

भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । यस वर्षको तिहार कार्तिक २५ गतेदेखि शुरु हुँदैछ ।

यस वर्ष कार्तिक २५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवद्र्धन पूजा र म्हः पूजा, २९ गते भाइटीका परेको छ ।

प्रतिक्रिया दिनुहोस्