सिम्रौनगढबाट हतियारसहित पाँच जना प्रहरीको नियन्त्रणमा


eShilalekh

२३ कार्तिक २०८०, बिहीबार १५:४०

सिमराः बारा प्रहरीले सिम्रौनगढबाट हतियारसहित विहिबार पाँच जनालाई नियन्त्रणमा लिएको छ । सिम्रौनगढ नगरपालिका ११ भगवानपुरस्थित उपेन्द्र पटेलको घरबाट प्रहरीले दुई थान बन्दुक र गोलीसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

हतियार लुकाएर राखेको सूचना पाएको भन्दै ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट पुगेको प्रहरी टोलीले ४० वर्षीय उपेन्द्रसहित अन्य चारलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उपेन्द्रका ६२ वर्षीय बुवा रुपलाल पटेल, २७ वर्षीय भाई धिरेन्द्र, ४४ वर्षीय राजमंगल पटेल र ८० वर्षीय शोभा राउतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

खानतलासी गर्ने क्रममा उपेन्द्रको घरबाट सात थान गोलीसहित रिभाल्बर बन्दुक एक थान र एक थान गोलीसहित नलकटुवा पेस्तोल एक थान, केएफ १२ लेखिएको गोली, जंगी राउण्ड दुई थान बरामद गरेको प्रहरीको भनाई छ । घरमा कालो झोलाभित्र सेतो कपडाले बेरेर लुकाएर राखेको अवस्थामा हतियार र गोली बरामद भएको प्रहरी प्रवक्ता न्यौपाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्