निजगढ विमानस्थलको काम अघि बढाउने सरकारको निर्णय


eShilalekh

२३ कार्तिक २०८०, बिहीबार १७:१८

सिमराः सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को विहिबार बसेको बैठकले निजगढ विमानस्थलको काम अघि बढाउने निर्णय गरेको हो ।

सरकारद्धारा गठित विज्ञ समितिको प्रतिवेदनले कम क्षतिमा विमानस्थल बनाउन सकिने सुझाव दिएपछि विमानस्थलको काम अघि बढाउन लागिएको हो । सर्वोच्च अदालतले वातावरणीय क्षति नहुने गरी विमानस्थल निर्माणको सम्बन्धमा विज्ञ टोलीको सुझाव लिन आदेश दिएको थियो ।

सर्वोच्चको आदेशसंगै सरकारले गठन गरेको टोलीले कम क्षतिमा विमानस्थल बनाउन सकिने प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन अनुसार विमानस्थलको काम अघि बढाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले संचारकर्मीलाई जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्