नेपाल खेलकुद महासंघ जीतपुरसिमराको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न


eShilalekh

२५ कार्तिक २०८०, शनिबार १९:३७

श्रीराम रेग्मी

सिमरा: नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ जीतपुरसिमरा नगर कमिटिको आयोजनामा शनिबार दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सिमरामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले चाडपर्वको महत्व विशेष रहेको बताए । संविधानसभाका सदस्य समेत रहेका पौडेलले नेपालमा मनाउने चाडहरूको आफ्नै बैज्ञानिक कारण रहेको र तिनको महत्व धेरै नै रहेको बताए ।

देशमा देखिएको आर्थिक संकटको समयमा चाडपर्वलाई मितव्ययी हिसाबले मनाउन समेत पौडेलले आग्रह गरेका छन् । अहिलेको वर्तमान सरकारको कार्यशैली संतोषजनक नदेखिएको भन्दै पौडेलले देशमा एमालेको सरकारको विकल्प नभएको समेत बताए ।

कार्यक्रममा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले प्रदेश कमिटी सदस्य सुन्दर विक, किशोर शर्मा, जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ, जीतपुरसिमरा ३ का वडाध्यक्ष ताराबहादुर कार्की, युवा संघ नगर कमिटी अध्यक्ष मोहम्मद आरिफ हुसेनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जीतपुरसिमरा १२ का वडाध्यक्ष श्यामबाबु खाँ, जीतपुरसिमरा १३ का वडाध्यक्ष हेमनारायाण चौधरी, नेकपा एमालेका मधेश प्रदेश लेखा आयोग सदस्य बिशालप्रसाद घिमिरे, जिल्ला कमिटी सचिवालय सदस्य अमृतलाल श्रेष्ठ, जिल्ला सदस्य सिमा ठकुरी, होमनाथ पण्डित, डिपि गौतम, जिल्ला सल्लाहकार सदस्य ताराबहादुर बस्नेत, जिल्ला लेखा सदस्य मनहरी अधिकारी, नगर कमिटी उपसचिव त्रिलोक बिक्रम शाह, सदस्य शुसिला आचार्य, वडा नं ३ कमिटी अध्यक्ष शुक्र श्रेष्ठ, वडा नं १२ कमिटी अध्यक्ष मनोज राय, वडा नं १५ का अध्यक्ष राजकुमार अर्याल, नेपाल खेलकुद महासंघ जिल्ला सदस्य गणेशराज थपलियालगायतको उपस्थिति रहेको थियो ।

नेपाल खेलकुद महासंघ जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रविन्द्र खकुरेलले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्