छठको पूर्वसन्ध्यामा गायक क्षेत्रीले ल्याए ‘छठी माई’ (भिडियो)


eShilalekh

१ मंसिर २०८०, शुक्रबार २०:०९

सिमराः सुर्यको उपासना गरी मनाइने छठ पर्वलाई लक्षित गर्दै गायक कमल के. क्षेत्रीले ‘छठी माई’ बोलको गीत सार्वजनिक गरेका छन् । क्षेत्रीले आफ्नो युट्युब च्यानलमार्फत भोजपुरी भाषाको छठ गीत सार्वजनिक गरेका हुन् ।

गायक क्षेत्रीको आफ्नो युट्युब च्यानलमा सार्वजनिक भएको पाँच मिनेट ५२ सेकेण्डको उक्त म्युजिक भिडियो यो समाचार तयार पार्दासम्म ८३ हजारले हेरिसकेका छन् । युवा पुस्तामाझ चर्चित गायक क्षेत्रीको भोजपुरी भाषाको यो पहिलो गीत हो ।

बारा र पर्साका विभिन्न छठघाटमा समेत छायांकन गरिएको उक्त गीतको शब्द/संगीत गायक क्षेत्रीको र संगीत संयोजन सुजिल कर्माचार्यको रहेको छ । उक्त गीतको म्युजिक भिडियोको छायांकन तथा निर्देशन दावा स्याङबो लामा र बिकास प्रजापतिले गरेका छन् ।

युट्युबमा गीत सार्वजनिक गर्दै गायक क्षेत्रीले चर्चित र्यापर मिस्टर डीसहित म्युजिक भिडियो तयार पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

गायक क्षेत्रीले यसअघि दशैं र तिहारलाई समेत लक्षित गरेर म्युजिक भिडियो ल्याएका थिए । क्षेत्रीले असोज ३० गते दशैं र कार्तिक १८ गते तिहारको गीत आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेका थिए ।

हेर्नुहोस् गायक क्षेत्रीको छठ गीतः

प्रतिक्रिया दिनुहोस्