यु–२१ हेटौडा च्यालेन्स कपमा नव जनजागृतिको बिजयी सुरुवात


eShilalekh

६ मंसिर २०८०, बुधबार ०९:५३

सिमराः नव जनजागृति युवा क्लबले सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेन्ज कपमा बिजयी सुरुवात गरेको छ । हेटौडाको पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा नागस्वती युथ क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै नव जनजागृति सिमराले बिजयी सुरुवात गरेको हो ।

निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निस्किएको हो । जितसंगै नव जनजागृति प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नव जनजागृतिले अब सेमिफाइनल प्रवेशका लागि शुक्रबार वीरगन्ज स्पोर्टस् एकेडेमीसंग खेल्नेछ ।

निर्धारित समयमा नव जनजागृतिका लागि राकेश भण्डारी र सेरब लो तामाङले गोल गरेका थिए भने नागस्वतीका लागि दुवै गोल कुशल अधिकारीले गरेका थिए । दुई गोल गरेका अधिकारी खेलको प्लेयर अफ द म्याच घोषित भए ।

‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नाराका साथ मंगलबारदेखि शुरु भएको प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ र उपविजेताले ५५ हजार पाँच सय ५५ नगद प्राप्त गर्नेछन् ।

एफसी मुण्डियालद्धारा आयोजित प्रतियोगिताको उद्घाटन हेटौडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँले गरेका थिए । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्