रुखबाट खसेर एक युवकको मृत्यु


eShilalekh

६ मंसिर २०८०, बुधबार १९:१६

सिमराः घाँस काट्ने क्रममा रुखबाट खसेर बधुवार बारा रतनपुरका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका ११ रतनपुरका २८ वर्षीय मानबहादुर श्रेष्ठ (उमेश) रहेका छन् ।

लालस्थित जंगलमा घाँस काट्ने क्रममा श्रेष्ठ रुखबाट खसेका थिए । रुखबाट खसेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् ।

प्रहरीले श्रेष्ठको शव घटनास्थलबाट उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्