लायन्स क्लबद्धारा सिमरामा उत्प्रेरणामूलक प्रशिक्षणको आयोजना


eShilalekh

८ मंसिर २०८०, शुक्रबार १७:४१

सिमराः व्यावसायिक क्षेत्रमा पछिल्लो समय देखिएको आर्थिक समस्यालाई लक्षित गर्दै लायन्स क्लब अफ सिमरा जागरणले शुक्रबार उत्प्रेरणामुलक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

लायन्स क्लबले वर्तमान आर्थिक अवस्थाका कारण ब्यापार व्यवसायमा परेको प्रभाव, सिर्जनशिलता र व्यावसायिक दक्षता अभिवृद्धिबाट समस्या न्युनिकरण विषयक उत्प्रेरणामूलक प्रशिक्षणको आयोजना गरेको हो ।

सिमरास्थित होटल सिमरा ईनमा आयोजित कार्यक्रममा पूर्व बैंकर अनिल केशरी मुख्य वक्ताको रुपमा उपस्थित भएका थिए । कार्यक्रममा पूर्व बैंकर केशरीले व्यावसायिक क्षेत्रले भोग्नुपरेको आर्थिक समस्या, सुरक्षित लगानीको वातावरण, युवा उद्यमशिलतालगायतका विषयमा आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस का डिष्ट्रिक्ट गभर्नर देवकी नन्दन अग्रवाल, कोषाध्यक्ष रामबिहारी पाण्डे, लायन्सका अग्रज मुकुन्दबहादुर क्षेत्री, डिएम लिम्बु, कृष्णव्रत सिंह, सञ्जय साहलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायीको उपस्थिती रहेको थियो ।

लायन्स क्लब अफ सिमरा जागरणका अध्यक्ष युवराज पौडेल (शिव) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुनिल गाँउलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्