सिम्रौनगढमा शिक्षक पराजुली मृत भेटिए


eShilalekh

८ मंसिर २०८०, शुक्रबार २१:४५

सिमराः सिम्रौनगढ नगरपालिका–८ स्थित कचोर्वा आधारभूत विद्यालयमा कार्यरत एक शिक्षक शुक्रबार साँझ मृत भेटिएका छन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई कचोर्वामा अध्यापन गराईरहेका ३५ वर्षीय शिक्षक नरेन्द्र पराजुलीको शव कचोर्वा बजारमा भेटिएको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभूषण यादवले शिक्षक पराजुलीको शव भेटिएको पुष्टि गरे । पराजुलीको शव साँझको समयमा कचोर्वा बजारमा भेटिएको र शल्यपरीक्षणको लागि पठाइएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

शिक्षक सेवा आयोगबाट छनौट हुँदै पराजुली गत चैत्रदेखि कचोर्वा आधारभूत विद्यालयमा कार्यरत थिए । कचोर्वामा कोठा लिएर बस्दै आएका पराजुली सिम्रौनगढ नगरपालिकाले समयमै तलब नदिएपछि तनावमा रहेको बताइएको छ ।

नगरपालिकाले पछिल्लो पाँच महिनादेखि शिक्षक, कर्मचारीलगायतको तलब दिएको छैन । समयमै तलब नपाएपछि शिक्षकहरु एक महिना भन्दा बढी समयदेखि आन्दोलन गर्दै आएका छन् । शिक्षक पराजुली पनि शिक्षकको आन्दोलनमा सहभागी हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्