व्यावसायिक भवनको नक्सा पास गर्न जीतपुरसिमरा उपमहानगरको आग्रह


eShilalekh

१० मंसिर २०८०, आईतवार १८:१३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले नक्सा पास नगरेका उद्योग, कलकारखाना र व्यावसयिक भवनलाई ३५ दिनभित्र नक्सा पास गराउन सूचना जारी गरेको छ ।

उपमहानगरपालिकाको कार्यालयले आइतबार सूचना जारी गर्दै २४ वटै वडामा रहेका उद्योग, कलकारखाना र व्यावसायिक भवनलाई नक्सा पास गराउन आग्रह गरेको हो । उपमहानगरपालिकाले सूचना जारी भएको ३५ दिन भित्र नक्सा पास गराउन समयावधी दिएको छ ।

ईन्जिनियर अभयकान्त झाद्धारा हस्ताक्षरित सूचनामा नक्सा पास नगर्ने व्यावसायिक भवनलाई स्थानीय सरकार संचालन ऐन २०७४ को दफा (३९) वमोजिम कारवाही हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्